माडी भ्यू मिडिया प्रा.लि. द्धारा सञ्चालित www.madiviewnews.com को फेसबुक पेज Madi Vew Media बाट तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीमाथी कमिसनको आरोप शिर्षकमा शसक्तिकरण विकास नेपाल, पाल्पाकी अध्यक्ष एन्जिना खनालले लगाएको आरोप प्रकाशित गरेका थियौं । उक्त आरोपको खण्डन पनि हामीले छापिसकेका छौं । उक्त अडियोमा एन्जिना खनालले लगाएको आरोप प्रष्ट पार्नको लागि हामीले पटक पटक प्रवक्ता कार्कीलाई फोन सम्पर्क गर्दा समेत उहाँको फोन नउठेका कारण हामीले उहाँको राय प्राप्त गर्न सकेनौं । फलस्वरुप हामीले उक्त आरोप सम्बन्धमा कार्कीको विचार समेट्न सकेनौं । दुवै पक्षको विचार सम्प्रेषण गर्नु पत्रकारिताको मुल मर्म हो । यसप्रति हामी सचेत छौं । विशेष कारणले उहाँको राय समेट्न नसक्दा उक्त अडियो एकतर्फी भएकाले अडियो स्थगन गरिएको छ । यसले पाठक, श्रोता र दर्शकलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।
विजय बौडेल
अध्यक्ष/समाचार प्रमुख
माडी भ्यू मिडिया प्रा.लि.


