कोलोराडोमा मगरी संस्कृति झल्किने कार्यक्रम गर्दै माघे संक्रान्ति मनाईदै

विक्रम वारघरे, कोलोराडो ।

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा यही जनवरी १७ तारिक शनिवारका दिन विविध मगरी संस्कृति झल्किने कार्यक्रम गर्दै माघे संक्रान्ति मनाउन लागिएको हो ।

वेस्टमिनिस्टरमा रहेको नेपाली घरमा मगरी संस्कृति अन्तर्गत पर्ने सालैजो, लाईभ कौडा, मारुनि लगायत मगरी खानेकुराका परिकारहरु बटुक, तरुल, पोर्क, सेलरोटी साथै मगरी भेषभुषाको प्रस्तुति रहने छ । “जहाँ रहे पनि जहाँ वसे पनि, नभुलौ मातृभुमिलाई जोगाई राखौ युगौ युग कला र संस्कृतिलाई” भन्ने मुल नाराका साथ सदाका वर्ष जस्तै यो वर्ष पनि कार्यक्रम गर्न लागिएको मगर संघ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष उपेन्द्र राना मगरले वताउनुभयो ।

कार्यक्रममा मगर मात्र नभई सम्पुर्ण नेपाली समुदायका व्यक्तिहरुलाई आउनको निमित्त निमन्त्रणा गर्दै अध्यक्ष राना मगरले कार्यक्रम आई मगरी संस्कृति अन्तर्गत पर्ने विभिन्न नृत्य भेषभुषा तथा खाने परिकारहरुको स्वाद लिन अनुरोध गर्नुभयो । १७ तारिक दिउँसो ३ वजेदेखि ९ वजेसम्म हुने कार्यक्रममा प्रवेश शुल्क २५ अमेरिकी डलर राखिएको छ । कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न तयारी तिव्र पारिएको कार्यक्रम संयोजक श्रिस्टीना पुर्जा मगरले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय