माडी कृषि सहकारीको छैठौं साधारण सभा सम्पन्न

पाल्पा । माडी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड माथागढी रुप्सेको छैठौं साधारण सभासम्पन्न भएको छ ।

माथागढी गाँउपालिका वडा २ रुप्सेमा शनिबार सहकारीको छैठौं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाका प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जोखिममा परेका सहकारीहरुको सुरक्षा गर्नख सेयर सदस्यहरु नै चनाखो हुनुपर्ने बताउनुभयो । अध्यक्ष चिदीले पारदर्शिताको लागि संचालक समितिलाई खबरदारी गर्ने प्रमुख भूमिका सेयर सदस्यहरुको हुने बताउनुभयो ।

उहाँले गाउँपालिकाले सहकारीहरुलाई सक्षम र सबल बनाउनु पर्छ भन्ने मान्यता राखेर बिभिन्न समयमा सहकारी सम्बन्धी तालिम तथा अन्तरक्रिया आयोजना गर्दै आएको र अनुगमन समेत गरिदै आएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, वडा नम्बर ३ का अध्यक्ष तेज घर्तीमगर, श्रीकृष्ण नेपाल, कर्णधार माविका प्रधानाध्यापक राजन अधिकारी, सनराइज पब्लिक स्कुलका प्रिसिन्पल पूर्ण थापा, निवर्तमान वडा जनक रिजेल, मनोज आचार्य लगायतले सहकारीको विकास हुँदा सेयर सदस्यहरुको पर्नि आर्थिक विकास हुने बताउनुभयो ।

सहकारीका अध्यक्ष तुलसीराम भुसाल र सचिव कृष्ण भट्टराईले सहकारीको प्रतिवेदन प्रस्तुत गर्नु भएको सांगठनिक तथा प्रशासनीक प्रतिबेदन समेत पास गरिएको छ । माथागढी गाँउपालिका वडा नम्बर १, २, ३ र ४ नम्बर सेवा क्षेत्र रहेको सहकारीले खहरे बजारमा दुग्ध डेरी, रसायनिक मल बिक्री वितरण र तरकारी संकलनलगाएतका काम गर्दै आएको छ । ५ सय ४९ सेयर सदस्य रहेको यस सहकारीमा लगभग ४ करोड बराबरको कारोबार भएकोे छ । गत बर्षको तुलनामा यस बर्ष लगानीमा ३ लाख ८६ हजारले वृद्धि भएको सहकारीले जनाएको छ ।

साधारण सभाले रिक्त रहेको उपाध्यक्ष पदमा जनक रिजेल र लेखा समिति सदस्यमा नबराज पन्थीलाई चयन गरेको छ । सभाले ज्येष्ठ सेयर सदस्य टिकाराम बस्याल र हिरादेवी गैरेलाई सम्मान गरेको छ । वार्षिक सर्वाधिक दुग्ध बिक्री गर्ने सेयर सदस्य जिबलाल अर्याल, श्रीजना भट्टराई, सम्मर बहादुर घर्ती र मिना कोईरालालाई पुरस्कृत समेत गरेको सहकारीले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय