पाल्पा । माथागढी गाउँपालिकाका ५० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक माथागढी शाखाको आयोजना तथा माथागढी गाउँपालिकाको समन्वयमा ५० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
माथागढी गाउँपालिका भित्रका ४ ओटा सामुदायिक विद्यालयका ५० जना बालबालिकालाई झोला वितरण गरिएको हो । त्यस्तै सबै विद्यालयलाई १÷१ थान वाटर डिस्पेन्सर वितरण गरिएको हो । गाउँपालिकाको वडा नं. ५ को हात्तिलुङ मावि, वडा नं. ६ को ग्रामोदय, वडा नं. ७ को सिद्धार्थ मावि, वडा नं. ४ को किसान माविका ५० जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले सामाजिक उत्तरदायित्व भित्र रहेर माथागढी गाउँपालिका भित्र पालिकाले सिफारिस गरे बमोजिम शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अन्य सामाजिकमा समेत सहकार्य गर्न अनुरोध गर्नुभयो ।

