देवगिरको सार्वजनिक शौचालय : जहाँ समुदायले पालो बाँडेर दैनिक सफा गर्छन्

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ४ को देवगिरको सार्वजनिक शौचालयलाई समुदायले पालो बाँडेर सफा गर्ने गरेका छन् । गाउँपालिकाको साढे पाँच लाख रुपैंया बढीमा निर्माण भएको सार्वजनिक शौचालय समुदायले पालो बाँडेर सफा गर्ने गरेका हुन् ।

“अन्यत्रको सार्वजनिक शौचालय निकै फोहर हुने देखेर हामी सबै समुदाय मिलेर सफा गर्ने निर्णय गरेका हौं ।” देवगिर सामुदायिक शौचालय उपभोक्ता समितिका अध्इक्ष डम्बर बहादुर सारुले भने । “शौचालय निशुल्क रुपमा सञ्चालन गर्ने र दैनिक रुपमा यहाँका स्थानीयले पाले बाँडेर सफा गर्ने गरेका छौं । हप्ता दश दिनमा एक घरको एक पटक पालो आउँछ ।”

देवगिर बजारका सबै घरपरिवारले पालो बाँडेर दैनिक रुपमा शौचालयको सरसफाई गर्ने गरेका हुन् । दैनिक २ घरपरिवारले मिलेर शौचालय सफा गर्ने गरेका छन् । माथागढी गाउँपालिकाको ५ लाख रुपैंया र श्रमदान वापत ७९ हजार २५ रुपैंयाको लागतमा शौचालय निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष शंकर दर्लामीले बताउनुभयो ।

माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले देवगिरका नागरिकमा सामुदायिक सहकार्यको भावना भएको र सबै नागरिकहरुका लागि पे्ररणाको श्रोत बनेको बताउनुभयो । सार्वजनिक शौचालय बन्नुभन्दा पहिले बजारमा राति जताततै दिशापिसाव गरेर फोहर हुने समस्या हुने गरेको स्थानीय बताउँछन् । अहिले त्यो समस्याको समाधान भएपछी नागरिकहरु खुसी भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय