दोस्रो रणउजिरेश्वरी भगवती भलिबल कपको आयव्यय सार्वजनिक

पाल्पा, दोस्रो रणउजिरेश्वरी भगवती भलिबल कपको आयव्यय सार्वजनिक गरिएको छ ।

शनिबार तानसेनमा जिल्ला खेलकुद पत्रकार मन्चको आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा श्रीनगर भलिबल क्लबले प्रतियोगितमा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।
क्लबको आयोजनामा गत साउन २८ गतेदेखि भदौँ १ गतेसम्म तानसेनमा खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो । पत्रकार भेटघाटमा श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले कार्यालय र संघसंस्थाबाट २ लाख २७ हजार, टिकट बिक्रीबाट ४ लाख ९० हजार र आर्थिक सहयोगबाट ८ लाख ३९ हजार ७५० रुपियाँ गरी १५ लाख ५६ हजार ७५० रुपियाँ आम्दानी भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला र पुरुषतर्फको पुरस्कार वितरणमा ४ लाख ८३ हजार खर्च भएको छ । यस्तै प्याराफिट निर्माणमा २ लाख ८० हजार, पत्रकार सम्मेलनमा ६५ हजार, अफिसियल खर्च १ लाख ७५ हजार, जर्सीमा ४५ हजार, स्वयमसेवक, खाजा खाना, पन्चेबाजा, अतिथि सम्मान, खेलकुद सामग्री, प्रमाणपत्र र मायाको चिनो, मनोरन्जन करलगायतमा खर्च गरी १५ लाख ४३ हजार ९०५ रुपियाँ खर्च भएको अध्यक्ष आलेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । आलेले संस्थाका लागि १२ हजार ८४५ रुपियाँ वचत भएको बताउनुभयो ।

पाल्पाको तानसेनमा रहेको रणउजिरेश्वरी भगवतीको महिमा प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि क्लबले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष आलेले भलिबल प्रतियोगिता राष्ट्रि«य स्तरको भएकाले जिल्लास्थित स्थानीय तहले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । मुख्य गरी तानसेन नगरपालिकाले अपनत्व लिएर अरु पालिकाले पनि यसको अपनत्व लिनुपर्ने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पा खेलकुद प्रतियोगिताका लागि उर्वर भूमि रहेकाले खेल क्षेत्रमा सबै पालिकाहरुले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम मन्चका अध्यक्ष माधव अर्यालको अध्यक्षता, श्रीनगर भलिबल क्लबका सचिव दिपक चौहानको स्वागत र खेलकुद पत्रकार मन्चका महासचिव विजयकुमार बौडेलको संचालनमा सम्पन्न भएको हो ।

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय