प्रेस चौतारी पाल्पाको बुलेटिन सार्वजनिक

पाल्पा – प्रेस चौतारी पाल्पाले प्रकाशन गरेको चौतारी बुलेटिन सार्वजनिक गरिएको छ । चौतारी गतिविधि, विभिन्न व्यक्तिका आलेख तथा स्थानीय तहमा भएका उत्कृष्ट कामलगायत सामग्रीसहित प्रकाशन भएको बुलेटिन शनिबार तानसेनमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रेस चौतारीले प्रकाशन गरेको बुलेटिनमार्फत समाजमा सत्यतथ्य सूचना सम्प्रेषण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले गलत सूचनाले मानिसमा दिग्भ्रम पार्ने भएकाले सही सूचनाले मात्रै पत्रकारितालाई स्थापित गर्ने बताउनुभयो ।

बुलेटिन सार्वजनिक कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याल, निवर्तमान अध्यक्ष रेखीराम राना, महासंघकै अधयक्ष कमलराज तिमिल्सेनालगायतले धारणा राख्नुभयो । कार्यक्रम चौतारीका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव दयाराज न्यौपानेको संचालनमा भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय