माथागढी–१ चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयमा आगामी मंसिर २६ गते, शुक्रबार दोस्रो खाना महोत्सव आयोजना हुने भएको छ।
प्रधानाध्यापक कृष्णप्रसाद खनालका अनुसार यो महोत्सव विद्यार्थीद्वारा तयार पारिएका घरेलु परिकारदेखि आधुनिक फुड–स्टलसम्मका विविधता प्रस्तुत गर्ने खुला मञ्च हो। विद्यालय–समुदाय सहकार्यको एउटा नमुना रूपमा यसलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेका छौँ,” प्रधानाध्यापक खनालले बताउनुभयो।

