पाल्पामा पहिलो पटक महिला सिडिओ

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आएकी छन् । पाल्पा जिल्लाको ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा बिनु बज्राचार्य कुँवर आएकी हुन् ।

बज्राचार्य सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् । यसभन्दा अघि पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी पर्सा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछी बज्राचार्य आएकी हुन् ।

पाल्पाका पत्रकारहरुसंगको परिचय कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बज्राचार्यले नागरिकले पाउनुपर्ने सुचनाको हक कार्यान्वयन गर्न लागिपर्ने बताईन् । “नागरिकले सहज रुपमा कार्यालयहरुबाट पाउनुपर्ने सुचनाको हकलाई प्राथमिकता दिएर काम गर्नेछु ।” उनले भनिन् “नागरिक समाजका अगुवाहरुबाट प्राप्त सुझावलाई मध्येनजर गरेर जिल्लाको सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।”

२०२९ सालमा पाल्पामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा लभ विक्रम शाह आएका थिए । त्यसपश्चात अहिलेसम्म आएका ४५ जना सबै प्रमुख जिल्ला अधिकारीहरु पुरुष नै थिए । ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बज्राचार्यले जिल्लाका राजनैतिक दल, पत्रकार लगाएत नागरिक समाजका अगुवाहरुसंग परिचय तथा सुझाव ग्रहण गरिरहेकी छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय