पाल्पाका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

पाल्पा । पाल्पाका भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिएको हो ।

जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये ६ वटा स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा दिइएको छ । हालसम्म जिल्लाको तिनाउ, निस्दी, रैनादेवी छहरा, रम्भा, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका भूमिहिन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको समितिका सदस्य देवीलाल लामिछानेले जानकारी दिए । हाल सम्म ६ वटा पालिकाका एक हजार बढी नागरिकलाई निस्सा वितरण गरिएको र बाँकी ४ पालिकाका नागरिकलाई यही भाद्र १५ गतेसम्म निस्सा वितरण गरेर सक्ने उनले बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । अध्यक्ष अध्यक्ष श्रेष्ठले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले बताए ।

जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्राथमिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउने लामिछानेको भनाइ छ । त्यस्तै अव्यवस्थितले बसिरहेको ठाउँमा मात्रै पाउने छन् । त्यो बाहेक अन्यत्र उनिहरुको लागि जग्गा वितरण हुने छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय