रास्वपा सभापति लामिछानेको समर्थनमा पाल्पामा १३ सय बढीको हस्ताक्षर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको समर्थनमा पाल्पामा १३ सय बढीले हस्ताक्षर गरेका छन् ।

तानसेनमा सञ्चालित रवी लामिछाने माथी गरेको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानमा पहिलो दिन १३ सय बढीले हस्ताक्षर गरेका हुन् । एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।

तानसेन जिल्ला प्रशासन कार्यालय, पाल्पाको अगाडी सडकमा हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका उपसभापति तथा जिल्लाका प्रभावशाली नेता सुमन गैरेले हस्ताक्षर अभियानमा जनताको उत्साहजनक सहभागिता रहेको जानकारी दिए । सदन, सडक र जनताको घर दैलोसम्म अभियान पुर्याउने रास्वपाको लक्ष्य रहेको गैरेले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसका विरुद्ध देशभर हस्ताक्षर अभियान सुरु गरेको छ । तानसेनमा रास्वपाले बुधबारदेखि यो अभियानको थालनी गरेको हो । पार्टीले लामिछानेमाथि भइरहेको भनिएको ’राजनीतिक प्रतिशोध’ को मुद्दालाई जनताको घरदैलोसम्म पु¥याउने जनाएको छ ।

आज तानसेनको बिशालबजारमा हस्ताक्षर अभियान सञ्चालन गरिने रास्वपाका नेता नारायण न्यौपानेले जानकारी दिए । उनले अभियानको उद्देश्य रवि लामिछानेमाथि लागेका आरोपहरू राजनीतिक पूर्वाग्रहले प्रेरित भएको भन्ने सन्देशलाई आम जनमानसमा पु¥याउनु रहेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय