असार सम्म बेरुजु शुन्य बनाउने स्वास्थ्य मन्त्रालय लुम्बिनीको प्रतिवद्धता

दाङ । आर्थिक वर्ष २०८०/८१ को असार सम्म बेरुजु शुन्य बनाउने स्वास्थ्य मन्त्रालय लुम्बिनीले प्रतिवद्धता जनाएको छ । स्वास्थ्य मन्त्रालयसहित लुम्बिनी प्रदेशका सबै अस्पतालहरु र स्वास्थ्य कार्यालयहरुले बेरुजु शुन्य बनाउने प्रतिवद्धता जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी मातहतका सबै अस्पताल र स्वास्थ्य कार्यालयहरुले बेरुजु शुन्य बनाउने प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य कार्यालय र निकायहरूमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न निर्देशन दिएपछि प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको भन्दै शून्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न निर्देशन दिनुभएको हो । आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिएर काम गर्न मन्त्री सारुले निर्देशन दिनुभयो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूले निर्देशन अनुसार बेरुजु शुन्य बनाउन कार्ययोजना बनाएर कडाईका साथ लागु गर्ने प्रतिवद्धता जनाएको स्वास्थ्य मन्त्रालय लुम्बिनीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय