पाल्पाका पाँच क्याम्पसमा अनेरास्ववियु ४, क्रान्तिकारी १ र नेवि संघको शुन्य नेतृत्व

पाल्पा । पाल्पाका क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले चार र अखिल क्रान्तिकारीले एक स्थानमा स्ववियु अध्यक्ष जीतेका छन् । नेपाल विद्यार्थी संघले पाल्पामा कुनैपनि क्याम्पसमा अध्यक्ष जीत्न सकेन ।

पाल्पाको सहिद बहुमुखी क्याम्पस रामपुर, उद्धबुद्ध कलेज पुर्वखोला, माण्डब्य बहुमुखी क्याम्पस दमकडा र दर्छा क्याम्पस रामपुरमा अनेरास्ववियुका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

त्रिभुवन बहुमुखी क्याम्पसमा क्रन्तिकारीका मिलन घर्तीमगर, सहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका राजन गौतम, उद्धबुद्ध कलेजमा अनेरास्ववियुका कृष्णा झापुर्लुक, दर्छा क्याम्पस रामपुरमा अनिषा कोईराला र माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सौगात कोईराला निर्वाचित भएका अनेरास्ववियुका जिल्ला अध्यक्ष मधुसुधन आचार्यले जानकारी दिए ।

माण्डव्य बहुमुखी क्याम्पस र उद्धबुद्ध कलेजमा यसभन्दा पहिलेका सबै निर्वाचनमा अनेरास्ववियुले जित्दै आएको थियो । यसवर्ष पहिलो पटक दर्छा क्याम्पस रामपुरमा स्ववियु निर्वाचन भएको हो । उक्त निर्वाचनमा अनेरास्ववियु नेतृत्व विजयी भएको छ । माण्डव्य, उद्धबुद्ध र दर्छा क्याम्पसमा सर्वसम्मत रुपमा नेतृत्व छनौट भएको अनेरास्ववियुका जिल्ला सचिव सुशिल रेग्मीले बताए ।

सहिद बहुमुखी क्याम्पस रामपुरमा ३१ वर्षदेखी नेतृत्व गर्दै आईरहेको नेवि संघको किल्ला अनेरास्ववियुले भत्काएको छ । यसभन्दा अघिका निर्वाचनहरु नेवि संघले जित्दै आएको थियो । विद्यार्थीको हक र हितका विषयमा निरन्तर खबरदारी गर्दै विद्यार्थीमाझ लोकप्रिय संगठनको रुपमा स्थापीत हुन सकेको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सन्देश ढकालले बताए ।

यता त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पनि ३१ वर्षदेखी नै नेतृत्व गर्दै आएको नेवि संघको विरासत तोड्दै अखिल क्रन्तिकारीले ईतिहास रचेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पहिलो पटक अखिल क्रन्तिकारीले अध्यक्ष पदमा निर्वाचन जीतेको अखिल क्रान्तिकारीका नेता पदम सोमैले बताए । उनले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा संगठनले राम्रो काम गरेको कारण उपलब्धी हासिल भएको भन्दै अव जिल्लाभर संगठन विस्तारमा ध्यान दिएर लाग्ने बताए ।

रामपुरमा मतगणनाका क्रममा विवाद भई जम्मा भएको भिड तितरवितर पार्न हवाईफायर समेत गर्नुपरेको थियो । रामपुरमा केहि समय रोकिएको मतगणना पुनः सुचारु गरि अनेरास्ववियुले जीत हासिल गरेको हो । भिड नियन्त्रण गर्ने नाममा प्रहरीले संयमित नभई अनावश्यक गोली चलाएको आरोप नेवि संघले लगाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय