
शुशिल रेग्मी
संगठनको प्रभावकारितामा नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैकारण, हरेक संगठनका निमित्त नेतृत्व विकास एउटा महत्वपूर्ण एजेण्डा हो । नेतृत्व विकासको विषय संगठनको उत्पादकत्व वृद्धि र प्रभावकारिताको विषय हो । व्यक्तिको जीवनमा, व्यक्तित्व विकासमा, सामाजिक जीवनमा सानैदेखि अग्रसर गाहा व्यवसायिक संगठनको मात्रै नभएर समाजको धेरैजसो विषयमा सक्रिय छन् ।
२०६० जेठ ४ गते बुवा मन बहादुर गाहा र आमा हेमा कुमारी गाहाको कोखबाट ईन्दु गाहाको जन्म बगनासकाली गाउँपालिका वडा नं. ३ आर्यभञ्ज्याङ्गमा भएको हो । नेतृत्व जन्मजात रूपमा प्राप्त हुने गुण होईन । तर साथैदेखिको स्वभाव र वातावरणको प्रभावबाट आर्जन गरिने र विकास गर्न सकिने सीप ईन्दु गाहामा थियो । १२ वर्षको उमेरमै बगनासकालीको वडा स्तरिय बाल क्लबमा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी गाहाले नेतृत्व क्षमता बढाउँदै लग्नुभयो ।
बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो र ७ सय ५३ स्थानीय तहमध्ये १० औं वालमैत्री गाउँपालिका घोषणा गर्ने विषयमा गाहाको नेतृत्वदायी भूमिका रहेको थियो । विभिन्न समयमा बाल क्लबको नेतृत्व गर्ने, आफ्ना उमेर समुहका साथीहरुलाई गोलबन्द गरि विचार विमर्श गर्नेलगाएतका काममा गाहाको सक्रिय सहभागिता रहेको छ । यसभन्दा अघिको स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य पदमा निर्वाचित भएर गाहाले सक्रिय भूमिका निर्वाह गरेकी थिईन । एसआरडीसीको सहकार्यमा सञ्चालित बगनासकाली यूवा संगममा आवद्ध रहेर गाहाले सचेतनामुलक नाटक प्रदर्शन, शिक्षा सम्बन्धि सचेतना, रेडियो कार्यक्रम उत्पादनलगाएतका काममा नेतृत्व गर्दै आएकी गाहा जिल्लाको डाईनामिक लिडरको रुपमा स्थापीत छन् ।
बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो र ७ सय ५३ स्थानीय तहमध्ये १० औं वालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा उद्घाटनै गर्दै ईन्दु गाहा
नेतृत्व पढेको भरमा सिकिने विषय होइन । यो पौडी खेले झै गर्दै सिकिने कुरा हो । यो भनाइले नेतृत्व सीप पढेर सिकिने विषय भन्दा पनि मूलतः परिस्थितिबाट र उपयुक्त अनुभवको आधारमा विकास गरिने सीप हो भन्ने देखाउँछ । त्य क्षमता विद्यार्थी नेतृ ईन्दु गाहामा रहेको छ । क्याम्पस भित्र आफ्नो व्यक्तिगत तहको सिकाइका निमित्त र आफ्नो व्यक्तित्व विकासको उद्देश्यले भेला भएका समूहलाई सामूहिकताको भावनामा कसरी डो¥याउने र नेतृत्वको सामाजिक प्रक्रियामा कसरी सहभागी गराउने भन्ने विषयमा गाहाको चिन्तन गहिरो देखिन्छ ।
सामूहिक उद्देश्यबारे सोच्ने, सहकार्यमा संलग्न रहने र सामूहिक सफलताबाट रमाउने परिस्थितिको निर्माण गर्ने कुरामा गाहाको सक्रियता रहेको छ । समस्यालाई चिन्ने, विश्लेषण गर्ने, विकल्पहरू पहिचान गर्ने, रणनीति निर्माण गर्ने जस्ता बौद्धिक सीपहरू व्यक्तिगत र सामूहिक दुवै तहमा उत्तिकै महत्वपूर्ण भूमिका निर्वा गर्ने ईन्दु अतिरिक्त प्रभावकारी सञ्चार, अन्तर–वैयक्तिक सम्बन्ध, अरूका विचार र संवेदनालाई बुझने, अरूका भावना र विचार लाई सम्मान गर्ने जस्ता सामाजिक सीपले भरिपुर्ण विद्यार्थी नेतृ हुन् ।
त्रिभुवन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्ष पदकी उम्मेदवार ईन्दु गाहालाई धेरै धेरै शुभकामना ।
लेखक रेग्मी अनेरास्ववियु पाल्पाका सचिव हुनुहुन्छ ।