को हुन् अनेरास्ववियुका दिपेश ज्ञवाली ?

दिपक विश्वकर्मा

पाल्पा । राजनीतिज्ञ वा राजनीतिक व्यक्तित्व बन्न त्यति सजिलो छैन । यूवा उमेरमै राजनीति गर्न र राजैतिक चेतना अभिवृद्धि गर्न त झन नेपाली समाजमा गाह्रो विषय हो । सहि समयमा सहि राजनैतिक दल र त्ष्यसको विचारधारा बुझेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु चुनौतिको विषय हो । त्यसको नेतृत्व गर्दै आएका दिपेश ज्ञवाली अहिले अनेरास्ववियुको तर्फबाट त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिव पदमा उम्मेदवार बनेका छन् ।

२०६१ साल माघ २३ गते पिता मनोहर प्रसाद ज्ञवाली र माता गिता देवी काफ्लेको कोखबाट तानसेन ७ बाँसटारीमा दिपेश ज्ञवालीको जन्म भएको थियो । सानै उमेर देखि नेतृत्व गर्न रुचाउने, आफ्नो उमेर समुहका व्यक्तिहरुलाई परेका समस्याहरुको समाधान गर्न लागिपर्ने, बाल क्लबको अगुवाई गर्ने, विद्यालयमा हुने खेलकुद, वक्ततृत्वकला, हाजीरिजवाफलगाएतका अतिरिक्त क्रियाकलापको नेतृत्व गर्ने स्वभाव ज्ञवालीमा छ ।

नेपालमा राजनीतिक व्यक्तित्व बन्न धेरै समय लाग्दैन, तर राजनीतिज्ञ बन्न निकै समय लाग्छ । त्यसका लागि समस्यालाई बुझ्दै समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोंचका साथ दिपेशलाई राजनीतिले तान्यो । क्याम्पसका हुने धेरैजसो क्रियाकलापमा सहभागी हुने, विद्यार्थीहरुको साथमा घुलमिल हुने, उनीहरुको समस्या समाधान गर्न पहल गर्ने स्वभावका कारण दिपेश अनेरास्ववियुमा जोडिन पुगे ।

उनको राजनैतिक स्वभाव र निष्ठावान व्यक्तित्वका कारण देशकै सबैभन्दा ठुलो विद्यार्थी संगठनले दिपेशलाई त्रिभुवन बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिव पदको उम्मेदवार बनायो । नेतृत्व तहमा पुग्न र विद्यार्थीको प्रिय पात्र बन्न त्यत्ति धेरै सजिलो छैन, आनीबानी, स्वभाव, निश्वार्थ मन र धैर्यता चाहिन्छ । यी सबै गुणले धनी सचिव पदका उम्मेदवार दिपेशलाई धेरै धेरै शुभकामना ।

निश्चित पद वा जिम्मेवारीको कुर्सीमा पुगेपछि काम गर्न सकियोस् भन्दा पनि त्यसमा अडिई रहन सकियोस् भन्ने ध्याउन्न अहिलेको नेतृत्वमा भएको हुँदा त्यसको सुधारमा लाग्न दिपेशको जोडवल छ । आफ्नो राजनीतिक व्यक्तित्व बनाउनलाई कुनै पनि राजनीतिकर्मीका लागि गहन अध्ययन, समाज र देशप्रतिको चिन्तन मनन, आमविद्यार्थी प्रतिको गम्भीर दायित्व बोध आदि आवश्यक पर्छ । आफू ठीक र अरु सबै बेठीक हुन् भन्ने कुरा वर्तमानका अधिकांश राजनीतिक व्यक्तित्वमा रहेको पाइन्छ । धेरैजसो निर्णय आफ्ना व्यक्तिगत चाहना, रुचि वा अरुचिका छाया मात्र हुन जान्छन् । यसलाई हाटाउने सोंच दिपेशमा छ ।

अहिलेका विद्यार्थी नेतामै आडम्बरी प्रवृत्ति बढ्दो छ । त्यस्तो चिन्तनबाट प्रेरित राजनीतिक व्यक्तिको सामथ्र्य राष्ट्रका लागि प्रयोग हुन सक्दैन । यी सबै विषयबाट टाढा रहेका दिपेश ज्ञवालीलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिव पदको विजयी यात्राका लागि हार्दिक शुभकामना ।

 

 

लेखक विश्वकर्मा नेकपा एमाले पाल्पाका उपसचिव हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय