स्ववियु निर्वाचनमा अनेरास्ववियुकी अर्याल प्यानलको क्रेज बढ्दो

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुकी अनुजा अर्याल प्यानलको क्रेज बढ्दो रहेको विद्यार्थीहरुले जनाएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महिला उम्मेदवार अर्यालको क्रेज बढ्दो रहेको विद्यार्थीहरुले जनाएका हुन् । महिला उम्मेदवार अर्यालले क्याम्पसको हितका लागि उठाएका विषय र मुद्धाले धेरै विद्यार्थीहरुको मन तानेको विद्यार्थी श्रीषा पौडेलले बताउनुभयो । पौडेलले लामो समयदेखि नसुध्रिएको विद्यार्थी र शैक्षिक अवस्था सुधार गर्ने योजना विद्यार्थीमाझ लोकप्रिय भएको पौडेलले बताउनुभयो । पौडेलले अनेरास्ववियुको जीत सुनिश्चित भएकाले विपक्षीहरु आत्तिएर भ्रम फैलाउन लागिपरेको हुँदा सबै विद्यार्थीहरुलाई सचेत भएर अनेरास्ववियु र अनुजा अर्यालको प्यानललाई मतदान गर्न अनुरोध गर्नुभयो ।

नेपालमा सर्वसाधारणका लागि शिक्षा क्षेत्र खुला भएको ७४ वर्ष भईसक्दा समेत शैक्षिक संस्था अझैपनि उस्तै रहेको र त्यसको सुधारका लागि अनेरास्ववियु र अनुजा अर्याल प्यानलको योजना विश्वसनिय रहेको त्रिभुवन बहुमुखी क्याम्पसकी विद्यार्थी सिर्जना बस्यालले बताउनुभयो । बस्यालले क्याम्पसको अध्यापनलाई डिजिटल माध्यमसंग जोड्ने विषय सबैभन्दा राम्रो लागेको बताउनुभयो । उहाँले जिल्लाका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले हार्ने मानसिकता बोकेर गलत प्रचार गरिरहेको भन्दै अनेरास्ववियुको जीत सुनिश्चित भएको बताउनुभयो ।

क्याम्पसकै अर्की विद्यार्थी किरण विश्वकर्माले पुरानै ढर्राको शैक्षिक प्रणाली सुधार गर्न अनेरास्ववियुले नेतृत्वदायी भुमिका निर्वाह गर्नेमा सबै विद्यार्थी विस्वस्त रहेको बताउनुभयो । विश्वकर्माले ३१ वर्ष अगाडी भएको महिला सभापतिको विरासत कायम गर्न विद्यार्थीहरु अनेरास्ववियु र अनुजा अर्यालको प्यानललाई भोट हाल्न आतुर रहेको बताउनुभयो । उहाँले असल, अनुशासित र क्षमतावान अनुजा अर्यालको नेतृत्व छान्न विद्यार्थीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष पदका उम्मेदवार अनुजा अर्यालले पछिल्लो समय अनेरास्ववियुको पक्षमा माहोल बढेकाले सामाजिक सञ्जाललगाएत विभिन्न क्षेत्रमा जिम्मेवार व्यक्तिहरुले नै गलत सुचना प्रवाह गरेको बताउनुभयो । अर्यालले गलत र भ्रामक सुचना सम्प्रेषण गरेर शान्तिपुर्ण र निष्पक्ष रुपमा हुन लागेको निर्वाचन भाँड्ने कोसिस भएको बताउनुभयो । उहाँले भ्रम फैलाउँदैमा विद्यार्थीको पक्षमा काम गर्ने अनेरास्ववियु नडगमगाउने र सधै विद्यार्थीको हक, हित र क्षमता विकासमा काम गर्ने हुँदा मतदान गरेर अनेरास्ववियुलाई विजयी बनाउन अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय