
पाल्पा । लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाल पाल्पाका तीन घटक संगठनको संयूक्त अधिवेशन सम्पन्न भएको छ । लोकतान्त्रीक मगर संघ नेपाल, लोकतान्त्रीक नेवाः संघ नेपाल र लोकतान्त्रीक कुमाल संघ नेपालको संयुक्त पाल्पा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्यहरु गोकुल घर्ती, ठाकुर गैरे, प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, जिल्ला अध्यक्ष ओम बहादुर घर्ती, प्रदेश, जिल्ला, स्थानीय तहलगाएतका एमाले नेताहरुले सम्बोधन गर्नुभयो ।
लोकतान्त्रीक नेवाः संघ नेपाल पाल्पाको अधिवेशनबाट अध्यक्ष चन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष लोक प्रसाद श्रेष्ठ, सचिव ईश्वरी प्रसाद श्रेष्ठ, उपसचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष प्रज्ञासागर शाक्य र सदस्यहरु निर्वाचित हुनुभएको छ ।
लोकतान्त्रीक कुमाल संघ नेपाल पाल्पाको अधिवेशनबाट अध्यक्ष वीरबहादुर कुमाल, उपाध्यक्ष सबिता पुलामी मगर कुमाल, सचिव कमला कुमाल, उपसचिव यम बहादुर कुमाल, कोषाध्यक्ष खिन्त बहादुर कुमाल र सदस्यहरु निर्वाचित हुनुभएको छ ।
त्यस्तै लोकतान्त्रीक मगर संघ नेपाल पाल्पाको अधिवेशनबाट अध्यक्ष मेहरसिँह थापा, उपाध्यक्ष भुवन थापा सोती, सचिव दिल बहादुर खाम्चा, उपसचिव एमान सिंह चिदी, कोषाध्यक्ष पुष्पा थापा र सदस्यहरु निर्वाचित हुनुभएको छ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्तीले सपथ ग्रहण गराउनुभएको थियो ।