वर्तमान सरकार आएपछि कुनै काण्ड भएको छैन : उपप्रधानमन्त्री सिंह

पाल्पा । नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार आएपछि कुनै पनि काण्ड तथा नराम्रो काम सुन्न नपरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विगतको सरकार बनेपछि विभिन्न काण्ड सुनिने गरेकोमा अहिलेको सरकारका कुनै नराम्रो काम नसुनिएको बताउनुभएको हो ।

विगतको सरकारले गर्न नसकेको काम वर्तमान सरकारले अगाडि बढाएको दावी गर्नुभएको छ । मन्त्री सिंहले सरकारले गरेको कामको नतिजा केही समयपछि देखिने उल्लेख गर्नुभयो ।

वर्तमान सरकार राजनैतिक स्थायित्व कायम गर्नका लागि बनेकाले जनताको चाहना अनुसार काम हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । राजावादीहरुको गतिविधि बढेपनि राजतन्त्रको बारेमा कुरा गर्नुको कुनै अर्थ नरहने उहाँले उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षबाट आएकाले राजा ल्याउने कुरा गणतन्त्रवादीका लागि स्वीकार्य नहुने जिकिर उहाँले गर्नुभयो ।

उहाँले केही संचारमाध्यम् र सामाजिक संजालमा भ्रमपूर्ण समाचार सम्प्रेषण भइरहेको बताउँदै त्यसले जनतामा निरासा पैदा गरेको उल्लेख गर्नुभयो । अहिले निरासा हुनुपर्ने कुनै कारणा नरहेको बताउँदै अहिले बनेको सरकारबाट जनताको चाहना अनुसार काम भइरहेको बताउनुभयो । विगतमा राजनैतिक अस्थिरताका कारण जनताले चाहेजस्तो काम हुन नसकेको बताउँदै अब भने सरकारले गरेको कामले गति लिने उल्लेख गर्नुभयो ।

विभिन्न माध्यम्बाट इमोसनमा बोल्दा र झुठो कुरा गर्दा प्राप्त गरेको अधिकार गुम्न सक्नेतर्फ सचेत रहन उहाँले संचारमाध्यम्लाई आग्रह गर्नुभयो । वर्तमान सरकारले पूर्व पदाधिकारीहरुको सेवासुबिधा बढाउन खोजेको भन्ने समाचारमा कुनै सत्यतथ्य नरहेको उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय