विदेशी काठको आयात बन्द गरेर नेपालकै काठ प्रयोग गरौं : वनमन्त्री कलवार

दाङ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले विदेशी काठको आयात नगरेर नेपालकै काठ प्रयोग गर्नुपर्ने बताउनुभएको छ । मन्त्री कलवारले वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यवसायिक उपयोग गर्ने घोषणा गरेको नेपाल वर्षौँदेखि काठमा परनिर्भर भएको भन्दै नेपाली काठको प्रयोग गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री कलवारले एकातिर वनमा काठ कुहिएर खेर गइरहेको र अर्कोतिर मुलुकमा आवश्यक पर्ने काठ किन्नुपर्ने बाध्यता भएको बताउनुभयो । पैँतालिस प्रतिशतभन्दा बढी वनक्षेत्र भएको मुलुक नै काठमा परनिर्भर हुनुपर्ने अवस्था र काठ उत्पादन र प्रयोगको स्पष्ट नीति नहुँदा वर्षेनी अर्बौँ रुपैयाँ काठ खरिदमा बाहिरिने गरेको मन्त्री कलवारको भनाई छ । नेपालको वनको काठ सबै बजारमा ल्याउने हो भने अहिले आकासिएको मूल्य पनि घटाउन सकिने उहाँले बताउनुभयो ।

देशको कुल भू–भागको ४५.३१ प्रतिशत वनले ढाकेको नेपालले ६ वर्षयतामात्रै ३८ अर्ब बढीको काठ आयात गरिसकेको छ । मन्त्री कलवारले करोडौँ क्यूबिक फिट काठ जंगलमा कुहिएको भन्दै यहाँको काठ बाहिरको भन्दा धेरै मूल्यवान र गुणस्तरीय भएको बताउनुभयो । उहाँले नेपाली जंगलको काठ बजारमा आउन नसकेर कुहिरहेको र बिदेशी काठ आयात भईरहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ८९ करोड ४२ लाख ६७ हजारको काठ आयात गर्दा ५ अर्ब १ करोड ४२ लाख २३ हजारको काठ निर्यात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ४४ करोड ७८ लाख ७९ हजारको काठ आयात गर्दा ५८ करोडको मात्र काठ निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा नेपालले ७ अर्ब ८८ करोड ५८ लाख ५७ हजारको काठ र काठजन्य सामग्री भित्र्याउँदा १२ करोड ५७ लाख ९८ हजारको काठ बेचेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय