पुर्वखोलाको बीरकोटमा कोल्डचेन सप्लाई सेण्टर स्थापना

पाल्पा । पुर्वखोला गाउँपालिका वडा नं. ५ बीरकोटमा कोल्डचेन सप्लाई सेण्टर स्थापना भएको छ । बीरकोट स्वास्थ्य चौकीमा पहिलो पटक कोल्डचेन सप्लाई सेण्टर स्थापना भएको हो ।

हाल सम्म रम्भा गाउँपालिका अन्तर्गत ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रवाट नियमित र अभियानको लागि भ्याक्सिन ल्याइने गरेको थियो । अव देखि सबै खोपहरु बिरकोट स्वास्थ्य चौकीवाट वितरण हुने पुर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । कोल्डचेन सप्लाई सेण्टरका लागि स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले २ वटा आई.एल.आर. फ्रिज उपलब्ध गराएको ढकालले बताउनुभयो ।

त्यस्तै पुर्वखोलमा महिलाको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप एच.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वन समितिको अभिमुखीकरण समेत सम्पन्न भएको छ । यही माघ २२ गतेदेखि २७ गतेसम्म पुर्वखोलाका ६ वटै स्वास्थ्य चौकीबाट एच.पि.भि. खोप लगाईने गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । पुर्वखोलाका ६ सय ९७ जना किशोरीलाई एच.पि.भि. खोप लगाउने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेल, खोप अधिकृत विश्वनाथ न्यौपाने, कोल्ड चेन अधिकृत गजेन्द्र कर्णलगाएतले कोल्डचेन सप्लाई सेण्टरले विभिन्न समयमा सञ्चालन हुने खोप अभियान र नियमित कार्यक्रमहरुलाई खोप ल्याउन लैजान सहज हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय