
पाल्पा । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले तानसेन नगरस्तरीय वक्तृवकला प्रतियोगिता सञ्चालन गरेको छ । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले दमकडा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको हो ।
तानसेन नगरपालिका भित्रका विभिन्न विद्यालयका १६ विद्यार्थी सहभागि भएको वक्तृत्वकला प्रतियोगितामा दमकडा नमुना माध्यमिक विद्यालयकी ओजस्वी आचार्यले प्रथम स्थान हासिल गर्नुभयो । त्यस्तै देववाणी माध्यमिक विद्यालयकी सञ्जु न्यौपानेले द्धितिय र दमकडा माध्यमिक विद्यालयकै प्रनिषा ढकालले तृतिय स्थान हासिल गर्नुभयो । विजयी विद्यार्थीहरुलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरिएको थियो ।
“स्वास्थ्य मैत्री पाल्पाका लागि विध्यर्थिको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक डा. शंकर गैरे र पुष्कर आचार्यले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो ।
रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष सुमित ठाकुरले क्लबले विद्यार्थीको पक्षमा विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले अहिलेका विद्यार्थीको क्षेत्रमा गरेको लगानी प्रतिफलयूक्त हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले संघसंस्थाहरुको सामाजिक जिम्मेवारी अन्तरगत विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रम छनौट गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
क्लबले दमकडा माध्यािक विद्यालयमै महिला प्रजनन प्रणालीको परिचय, समस्या, कारण, प्रभाव र उपचारका विषयमा सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको छ ।