पुर्वखोलाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुर्नताजगी तालिम

पाल्पा । पूर्वखोला गाउँपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुका लागि २ दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाले मेलमिलापकर्ताहरुको लागि उत्पादन भएका जनशक्तिलाई विवाद समाधान गर्न, अझ अब्बल, निष्पक्ष र सहज वातावरणको सृजना गरि सहमतिमा ल्याई समुदाय स्तरमा विवाद समाधान तथा निराकरण गर्ने उद्देश्यले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।

तालिममा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सामुदायिक मेलमिलापकर्ताहरुको कारण समाजमा आईपर्ने साना खालका विवाद तथा समस्याहरु त्यँही समाधान हुने भएकाले यो तालिमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भागिरथी शर्मा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठलगाएतले न्यायिक समिति र सामुदायिक मेलमिलापकर्ताहरुको समन्वयमा ग्रामिण भेगमा हुने सामान्य विवाद समाधान गर्न, कानुनी र न्यायीक समाजको निर्माण गर्न, नागरिकलाई न्यायको अनुभुती गराउन तालिमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका कानूनी सल्लाहकार नारायण प्रसाद ज्ञवाली, अधिबक्ता शान्ती बस्याल र मेलमिलापकर्ता अम्बिका बस्यालले तालिमको सहजिकरण गर्नुभएको गाउँपालिकाका सुचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरू, १८ जना सामुदायिक मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरू, पूर्वखोला गाउँपालिका वडा नं ३ का साविक ९ वटा वडाका आमा समूहका प्रतिनिधिहरू तालिममा सहभागी भएका थिए । समापन कार्यक्रम न्यायिक समिति सदस्य सचिव शर्मिला चौधरीले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय