पाल्पामा पछिल्लो दश महिनामा ५३ वटा साईबर अपराध उजुरी

पाल्पा । पाल्पामा पछिल्लो दश महिनामा ५३ वटा साईबर अपराधका उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा पछिल्लो दश महिनामा ५३ वटा साईबर अपराधका उजुरी दर्ता भएको हो ।

अघिल्लो आर्थिक वर्षको फागुन ७ गतेदेखि यही पौष २९ गते सम्म विभिन्न प्रकृतिका ५३ साईबर अपराधका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जसमध्ये १६ वटा फेसबुक ह्याकिङ र ३७ वटा अनलाईन फ्रड सम्बन्धी उजुरी परेको हो । ५३ वटा उजुरी मध्ये १७ वटा फर्छौट गरिएको र ३६ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

फेसबुक ह्याकिङ सम्बन्धी परेको १६ वटा उजुरी मध्ये १२ वटा फर्छौट भएको छ भने ४ वटा बाँकी छ । त्यस्तै ३७ वटा अनलाईन फ्रड सम्बन्धी परेको उजुरी मध्ये ५ वटा मात्र फर्छौट भएको र ३२ वटा बाँकी रहेको छ । २ वटा विद्युतिय कारोबार ऐन अन्तरगत २ वटा मुद्दा दर्ता भई २ जना मानिस पक्राउ भएको र अदालतको आदेशले धरौटी राखी तारेखमा छुटेका छन् ।

त्यस्तै ३१ वटा मोबाईल हराएको उजुरी परेकोमा ८ वटा मोबाईल फेला पारी सम्बन्धीत धनिलाई जिम्मा दिईएको र २३ वटा मोबाईल खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । साईबर अपराधमा आर्थिक अपराधहरु अनलाईन फ्रड, बैंकिङ फ्रड, लोटरी, अनलाईन सपिङलगाएतका अपराधहरु बढ्दो रुपमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी निरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय