पाल्पा प्रहरीलाई ६ महिनामा १६ हजार बढी पटक फोन सम्पर्क

पाल्पा । पाल्पा प्रहरीलाई पछिल्लो ६ महिनामा १६ हजार बढी नागरिकले फोन सम्पर्क गरेका छन् । नागरिकहरुले पाल्पा प्रहरीलाई पछिल्लो ६ महिनामा १६ हजार १ सय ८५ पटक फोन सम्पर्क गरेका हुन् ।

नागरिकहरुले सबैभन्दा बढी १०० नम्बरमा फोन गर्ने गरेका हुन् । पछिल्लो ६ महिनामा ७ हजार ५ सय ८० पटक प्रहरीको फोन नं. १०० मा सम्पर्क गर्ने गरेका हुन् । त्यस्तै पछिल्लो ६ महिनामा जिल्ला प्रहरी कार्यालय पाल्पाको ल्याण्डलाईन नं. ०७५ ५२०१९९ मा ५ हजार २ सय ९० पटक र मोबाईल नं. ९८५७०६०३०० मा ३ हजार ३ सय १५ पटक नागरिकले सम्पर्क गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ८० पटक र आर्थिक वर्ष २०७९/८० मा २३ हजार ९ सय ५५ पटक नागरिकहरुले फोन सम्पर्क गरेका थिए । प्रहरीलाई नागरिकले फोन सम्पर्क गर्ने दर पछिल्ला वर्षहरुमा भन्दा बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

नागरिकहरुले सबैभन्दा धेरै वर्षायामको समयमा विपदको अवस्थामा र अन्य समयमा सवारी दुर्घटना र घटनाको फोन सम्पर्क बढी आउने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत आर्थिक वर्षको फागुन ७ गतेदेखि पौष मसान्त सम्म पाल्पा प्रहरीलाई १८ हजार ९ सय २० पटक फोन आएको र सबै फोन कलको रेस्पोन्स गरिएको प्रहरीको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय