रास्वपा बगनासकालीको अध्यक्षमा घिमिरे

पाल्पा, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी बगनासकाली गाउँसमितिको भेला शनिबार सम्पन्न भएको छ ।

भेलाले रवीन्द्र घिमिरेको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपसभापति ध्रुवराज ढुंगाना, सचिवमा चिरञ्जीवी भट्टराई र कोषाध्यक्षमा बाबुराम पराजुली निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा योगेन्द्र तिमल्सिना, थर्कराज गैरे (रमेश ) भुपाल परियार, प्रकाश हिताङ्ग रहेका छन् । रिक्त महिला पधादिकारीहरूको पद र केही सदस्यहरू अब बस्ने दोश्रो बैठक पूर्णता दिने नवनिर्वाचित अध्यक्ष रवीन्द्र घिमिरेले बताउनुभयो ।

नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेस समितिका कोषाध्यक्ष दुर्गी अर्याल, पाल्पाका सभापति विष्णु भन्डारी, उपसभापति सुमन गैरे, तानसेन नगर समितिका सभापति जीवन पाण्डे लगायतले पार्टीको नीति, सिद्धान्त, कार्यक्रम र भावी योजनाबारे प्रशिक्षण दिनुभएको थियो ।

रवीन्द्र घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा रास्वपा पाल्पा क्षेत्र नम्बर २ का सभापति गणेश बस्यालले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय