पाल्पा । प्रभु बैंक लिमिटेड पाल्पा शाखाले पद्म पब्लिक नमुना माध्यामिक बिध्यालयलाई ट्रली स्पिकर हस्तान्तरण गरेको छ । बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई ट्रली स्पिकर हस्तान्तरण गरेको हो ।
बैंकले शिक्षक तथा बिधार्थीलाई विभिन्न कार्यक्रममा सहयोग पुगोस भन्ने उदेश्यले १ थान ट्रली स्पिकर हस्तान्तरण गरेको हो । बैंकका अपरेसन ईन्चार्ज दर्शन शर्मा र सहायक ईन्चार्ज सुरेश न्यौपानेले विद्यालयमै पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । ईन्चार्ज शर्माले विद्यालयलाई सामग्रीको सहि सदुपयोग गर्न अनुरोध गर्दै आवश्यकता अनुसार आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यउक्त गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक सन्तबिर बरालले बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग गर्ने कार्यक्रम आफ्नो विद्यालयलाई छनौट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।