भ्याली कप क्रिकेटको उपाधी बिष्णु मावि पोखराथोकलाई

पाल्पा । दोश्रो भ्याली क्रिकेट प्रतियोगिताको उपाधी बिष्णु माध्यमिक विद्यालय पोखराथोकले चुमेको छ ।

दमकडा माध्यमिक विद्यालय तानसेन ९ दमकडाले आयोजना गरेको दोश्रो भ्याली कप क्रिकेट प्रतियोगिताको उपाधी बिष्णु माध्यमिक विद्यालय पोखराथोकले चुमेको हो । आदित्य पाण्डेय र अच्यूत पाण्डेयका स्वर्गीय बुवा बालकृष्ण पाण्डेयको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

दमकडा माध्यमिक विद्यालय र बिष्णु माध्यमिक विद्यालय बीच फाईनल खेल भएको थियो । बिष्णु माध्यमिक विद्यालयले दमकडा माध्यमिक विद्यालयलाई रोमाञ्चक एक विकेटले पराजीत गरेको हो । पहिले ब्याटिङ गरेको दमकडा माध्यमिक विद्यालयले निर्धारित २० ओभरको खेलमा १ सय ४७ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको बिष्णु माध्यमिक विद्यालयले १ बल बाँकी छँदा लक्ष्य भेट्टायो ।

प्रतियोगितामा शारदा माध्यमिक विद्यालय मदनपोखराले तेश्रो स्थान प्राप्त गरेको छ । मदनपोखराले सनराईज बोर्डिंग स्कुललाई पराजित गर्दै तेश्रो स्थान हासिल गरेको हो । प्रतियोगितामा दमकडा माध्यमिक विद्यालयका निर्भय हिताङ्ग बेष्ट बलर घोषित भए । त्यस्तै बिष्णु माध्यमिक विद्यालयका सफल विक बेष्ट ब्याट्सम्यान घोषित भए । प्रतियोगिताका म्यान अफ दी सिरिज दमकडा माध्यमिक विद्यालयका आशिष न्यौपाने घोषित भए ।

प्रतियोगिताको विजेता विद्यालयले १० हजार रुपैंया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो हुनेले ७ हजार ५ सय रुपैंया नगद, मेडल र प्रमाणपत्र तथा तेश्रो हुने विद्यालयले ५ हजार रुपैंया, मेडल र सर्टिफिकेट प्राप्त गरेका छन् ।
फाईनल खेलका म्यान अफ दी फाईनल अनुष गैरे घोषित भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय