पालिका स्तरीय क्रिकेटमा पाल्पाका नौ पालिका भिड्दै

पाल्पा । पालिका स्तरीय क्रिकेट प्रतियोगितामा पाल्पाका नौ वटा पालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् । लियो क्लब अफ पाल्पाको आयोजनामाा सञ्चालन हुन लागेको प्रतियोगितामा नौ पालिकाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

तानसेनमा पत्रकार सम्मेलन गर्दै यही मंसिर २६ गते देखि २९ गते सम्म क्रिकेट प्रतियोगिता सञ्चालन गरिने क्लबले जनाएको छ । क्लबका अध्यक्ष विक्रम घिमिरेले पाल्पामा पालिका स्तरीय डाउन टाउन नकआउट क्रिकेट प्रतियोगिता पहिलो पटक सञ्चालन हुन लागेको जानकारी दिनुभयो । पाल्पाको टुँडीखेल मैदानमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रो हुनेले २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ५ हजार रुपैंया दर्ता शुल्क लाग्ने प्रतियोगिता नकआउट सिस्टममा सञ्चालन हुने छ । पालिकाले गरेको सिफारिसका आधारमा खेलाडी सहभागी गराईने र त्यसको जवाफदेही सम्बन्धित पालिका नै हुने क्लबले जनाएको छ ।

सुरुवाती खेलहरु १४ ओभर, सेमिफाईनल १६ ओभर र फाईनल २० ओभरको हुने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागी जिल्ला क्रिकेट संघ, जिल्ला खेलकुद विकास समितिलगाएत विभिन्न संघसंस्थाले सहयोग गर्ने

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय