पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखामा लगाईएको ताला खुलेको छ । विभेदकारी सदस्यता शुद्धीकरण विरुद्ध तालाबन्दी संयूक्त संघर्ष समितिले ताला खुलाएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले भाद्र २९ गते सार्वजनिक गरेको मतदाता नामावली प्रति ध्यानाकर्षण भएको भन्दै पाल्पाका केही पत्रकारहरुले महासंघको कार्यालयमा ताला लगाएका थिए । नेपाल पत्रकार महासंघ, पाल्पामा सदस्य समेत नरहेको नाम केन्द्रले समावेश गर्ने, उही प्रकृतिका सदस्य कोहीको नाम रहने कोहीको नरहने भएको भन्दै तालाबन्दी भएको थियो ।
पछिल्लो पटक सबै सदस्यता एकरुपले आएको भन्दै समितिले ताला खुलाएको हो । नियत साँधेर सदस्यता हटाईएकाले तालाबन्दी गर्नुपरेको भन्दै अहिले त्यो सुधार भएकाले ताला खुलाएको समितिले जनाएको छ ।