पाल्पा । माथागढी गाउँपालिका वडा नं ३ को माथिल्लो सराई स्थित कानुङ मोइकुङ गुमस्ठाले देउसीभैलो खेलेर संकलित रकम बिरामीलाई सहयोग गरेको छ ।
समुहले देउसीभैलो खेलेर संकलन गरेको केही रकम मृगौला र प्यारालाईसिस बीरामीलाई सहयोग गरेको हो । समुहका सदस्यहरुले तिहारको बेला संस्कृति संरक्षण समेत हुने र संकलित रकम सामाजिक काममा लगाउने लक्ष्यअनुरुप देउसीभैलो खेलेको माथागढी गाउँपालिका वडा नं. ३ का वडा सदस्य मान बहादुर रानाले जानकारी दिनुभयो ।
समुहले देउसीभैलो खेलेर २ जना मृगौला पीडित र १ जना प्यारालाईसिस बीरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । संस्कृति संरक्षण संगै सामाजिक काममा कानुङ मोइकुङ गुमस्ठा माथागढी गाउँपालिका वडा नं. ३ माथिल्लो सराईको सक्रिय संस्था हो ।
यो समुहले समय समयमा विभिन्न सामाजिक काम, संस्कृति संरक्षण तथा आर्थिक सहयोगलगाएतका काम गर्दै आईरहेको छ ।