माथागढी गाउँपालिकाका अंग्रेजी शिक्षकहरुका लागि English for Teaching (EFT-1) तालिम सञ्चालन गरिएको छ । माथागढी गाउँपालिका र बृटिस काउन्सिल नेपालको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
QEQS (सक्षम) कार्यक्रम अन्तरगत भएको तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले विद्यालयको भौतिक सुधार सहित गुणस्तर सुधारमा प्राथमिकता दिएर गाउपालिका अघी बढेको बताउनुभयो ।
अध्यक्ष चिदीले परम्परागत शैली छाडेर वालवालिकाको अभिरुचि र मनोविज्ञान अनुसार अध्यापन गर्ने तरिका अबलम्बन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष चिदीले गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको भन्दै त्यसलाई प्रभावकारी बनाउन शिक्षकले विद्यार्थी र अभिभावक संग समन्वय गरेर अघी बढ्नुपर्ने बताउनुभयो ।
५ दिन सम्म सञ्चालन भएको तालिम समापन समारोहका अध्यक्ष वडा नं ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले सिकेको सीपलाई विद्यार्थी र विद्यालयमा गएर प्रभावकारी ढंगले लागु गर्नुपर्ने बताउनुभयो । सहभागी शिक्षक बबिता गैरेले सिकाई अवधीमा प्रोनाउन्सेसन, पद्धती, अभ्यास, प्रयोग गर्ने बिधीलगाएतका धेरै विषयवस्तु सिकेको बताउनुभयो । अर्का सहभागी शिक्षक कैलाश जिसीले सिकाई लक्ष्य पुरा गर्न शिक्षकहरुले अथक मेहेनत गर्दागर्दै नतिजा ल्याउन समस्या भएको भन्दै तालिमले सिकाई उपलब्धी बढाउन मद्धत पुर्याएको बताउनुभयो ।
सहजकर्ता रिचा रेग्मीले सिक्षण सिकाई र विषयवस्तुमा सुधार गर्नुपर्ने बताउनुभयो । रेग्मीले अंग्रेजी विषयको शिक्षण सिकाई सुधारोन्मुख भएको बताउनुभयो ।