पर्यटन र सिंचाईका लागि तिनाउ खोलामा बाँध बन्दै

पाल्पा । पर्यटन प्रवद्र्धन र सिंचाईका लागि तिनाउ खोलामा बाँध बन्ने भएको छ । माथागढी गाउँपालिका वडा नं. ३ र तानसेन नगरपालिका वडा नंं ९ मा पर्ने तिनाउ खोलाको बतासेमा बाँध बन्ने भएको हो ।

संघीय सरकारको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले बाँध बनाउन लागेको हो । मन्त्रालयले तिनाउ खोला र सिंग्जोर खोलामा बाँध निर्माण गर्न लागेको हो । बाँध निर्माणले बतासे, अगहनी र माडी फाँटको केही क्षेत्रमा सिंचाई सुविधा सहज हुने माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । स्थानीय किसानको आवश्यकतालाई महसुस गरि बाँध निर्माणको अवधारणा ल्याईएको अध्यक्ष चिदीले बताउनुभयो ।

माथागढी गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले बाँध निर्माण पश्चात यहाँका किसानहरुले हिँउदमा समेत खेति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कृषि क्षेत्र संगै भविश्यमा यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने वडाध्यक्ष घर्तीमगरले बताउनुभयो ।

भुगर्भविद ऋषि बरालले बाँध निर्माणका लागि प्राविधिक परिक्षण गर्ने काम भईरहेको बताउनुभयो । बरालले खोलाको छेउँछाउँको माटो तथा ढुंगा र जमिनको अवस्था परिक्षण गरि कस्तो खालको संरचना बनाउने भन्ने निर्णय हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय