तानसेन ९ का उपभोक्तालाई योजना सञ्चालन तालिम

तानसेन नगरपालिका ९ पाल्पाका उपभोक्ता समितिहरूलाई योजना सञ्चालन सम्बन्धी तालिम दमकडामा सञ्चालन गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१-०८२ को बजेट तथा कार्यक्रममध्ये उपभोक्ता समितिमार्फत् कार्यान्वयन गर्ने योजनाहरूका पदाधिकारीहरूलाई योजना सम्झौता र सञ्चालन सम्बन्धि तालिम दिइएको हो । तालिममा योजनाको डिजाइन, लागत स्टमेट, सम्झौता, सञ्चालन र फरफारकाका विषयमा अभिमुखिकरण गरिएको छ । अभिमुखिकरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले योजना सञ्चालन सम्बन्धि नीतिगत, कानुनी र लेखा प्रणालीको बारेमा जानकारी भए उपभोक्ता समितिले गुणस्तरयुक्त र समुदायले अपनत्व लिने योजना सञ्चालन हुन सक्ने बताउनुभयो ।

तानसेन नगरपालिकाले ५ लाखभन्दा मुनिका योजना वडाबाटै सम्झौता र भुक्तानी हुने व्यवस्था मिलाएको समेत उहाँले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा वरिष्ठ योजना अधिकृत दुर्गा थापा, लेखा अधिकृत कोशलराज घिमिरे, ईन्जिनियर रामप्रसाद श्रेष्ठले योजना सम्झौता, सञ्चालन र फर्छ्यौटमा ध्यान दिनुपर्ने विषयहरूमा सहजिकरण गर्नुभयो । तालिममा सहभागीको तर्फबाट बोल्दै योजना स्तरीय अनुगमन समितिका संयोजक यज्ञप्रसाद भट्टराईले उपभोक्ता समितिले गल्ती कम गर्ने र योजना राम्रोसँग सञ्चालन गर्ने वातावरण बनेको बताउनुभयो । तालिममा तानसेन ९ का २० वटा पूर्वाधार योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ६० जनाको सहभागीता थियोे ।

सव ईन्जिनियर विनोद भण्डारीको सञ्चालन र वडा अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा तालिम चलेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय