रम्भाका पशुपालकले उत्पादनका आधारमा अनुदान पाउने सम्झौता

पाल्पा । रम्भा गाउँपालिकाका किसानहरुले उत्पादनका आधारामा कृषि उपजमा अनुदान पाउने भएका छन् । गाउँपालिकाका किसानहरुले खसी, बोका, लोकल कुखुरा, अण्डा र दुधमा अनुदान पाउने भएका हुन् ।

गाउँपालिकाको उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि (पहिलो शंसोधन) २०८० अनुसार रम्भा गाउँपालिका भित्र पशुपालन गर्ने किसानहरुले अनुदान पाउने भएका हुन् । गाउँपालिकाले सहकारी मार्फत विक्रिवितरण गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । गाउँपालिका भित्रका किसानलाई व्यवसायीक र प्रतिष्पर्धी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले सहकारी वा समुहमा आवद्ध भएर वार्षिक १०० किलो वा सो भन्दा बढी जिउँदो प्रणालीमा विक्रि गर्ने किसानलाई प्रति किलो २५ रुपैंया, २५ किलो वा सो भन्दा बढी स्थानीय जातको कुखुरा विक्रिमा प्रति किलो १५ रुपैंया प्रदान गर्ने भएको छ । त्यस्तै २ हजार वा सो भन्दा बढी स्थानीय जातको कुखुराको अण्डा विक्रिमा प्रति गोटा १ रुपैंया ५० पैसा र मासिक ६० लिटर वा सो भन्दा बढी दुध विक्रिमा प्रति लिटर ५ रुपैंया संस्थालाई उपलब्ध गराईने भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी दिनुभयो ।

गाउँपालिकाले अनुदान वितरणका लागि ५ वटा सहकारी, १ वटा दुग्ध संकलन केन्द्र र १ वटा पशुपंक्षी फर्म संग सम्झौता गरेको छ । यसबाहेक अुनदान वितरण गर्न समुह या सहकारी व्यवस्थापनका लागि गाउँपालिकाले वार्षिक १५ हजार रुपैंया दिने भएको छ । सम्झौतामा संस्थागत विक्रि भएको रेकर्ड राख्नुपर्ने, अनुदान प्रयोजनका लागि एक पटक मात्रै विक्रिवितरण गर्न पाईने, मासिक दुध विक्रि रेकर्ड राख्नुपर्ने, खरिदकर्ता र विक्रिकर्ताको रेकर्ड राखिनुपर्नेलगाएतका विषय उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय