पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधारका लागि पहिलो निर्णय गर्नुभएको छ ।
मन्त्री सारुले स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दै महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम संचालन कार्यविधी–२०८१ को तयारीका लागी मस्यौदा समिति गठन गरी यथासिघ्र मस्यौदा पेश गर्ने निर्णय गर्नुभयो ।
मन्त्री सारुले पहिलो निर्णय नै महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रमा काम गर्ने तदारुकता देखाउनुभएको हो । सारुले महिलाहरुको स्वास्थ्य राम्रो भए समग्र समाजकै स्वास्थ्य राम्रो हुने बताउनुभयो । सारुले महिलाहरु आमा, दिदीबहिनी, श्रीमती, हजुरआमाको रुपमा परिवारको महत्वपुर्ण हिस्सा भएको भन्दै उहाँहरुको स्वास्थ्य र पोषणको क्षेत्रलाई स्वास्थ्य मन्त्रालयले जिम्मेवारीपुर्ण रुपमा लिएको बताउनुभयो ।
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका सम्पुर्ण प्रशासनीक कार्यालयहरुमा सुसाशन कायम गरी जनताले महसुस गर्न सक्ने हिसाबले कार्य सम्पादन गर्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । स्वास्थ्यमन्त्री सारुले आजै मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।