ग्रामीण सडक सहज बनाउन एमाले तानसेनको आग्रह

पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीको पहिलो बैठकले तानसेन नगरपालिका भित्रका सबै भित्री बाटोहरु सुचारु गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

नगरबासीहरु बिरामी पर्दा एम्बुलेन्स समेत नचल्ने गरि बन्द भएका ग्रामीण वडाका बाटोहरु तत्काल सरसफाइ गर्न नेकपा एमाले तानसेन नगर कमिटिले आग्रह गरेको हो । बैठकले स्वास्थ विमा उपयोगमा सहजता ल्याउन र तानसेनबासीको सुविधाको लागि तत्काल आमा सुरक्षा कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय भएको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा सासंद ठाकुर गैरेले विकासका लागि स्थायी सरकार आवश्यक भएकाले एमाले र कांग्रेस मिलेर सरकार बनाएको बताउनुभयो । गैरेले तानसेनको विकासको लागि आफु निरन्तर लागिरहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य परशुराम भट्टराई, मेघराज शर्मा, जिल्ला अध्यक्ष ओम बहादुर घर्ती, प्रदेश सदस्य नारायणी शर्मा, पुर्व अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । बैठकले एक वर्षको लागि राजनीतिक कार्ययोजना पास गरेको छ ।

बैठकले लेखा समिति, सचिवालय र थप सदस्य समेत मनोनित गरेको नगर उपसचिव मित्रलाल नेपालीले जानकारी दिनुभयो । तानसेन होटलपौवाको हलमा बसेको बैठकमा नगर कमिटी र अतिथि गरि एक सय बीस जनाको उपस्थिति रहेको उपाध्यक्ष शशि श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिमा निर्वाचित पदाधिकारी तथा जिल्ला सदस्यहरुलाई बधाई ज्ञापन समेत गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय