मृगौला पीडित सापकोटालाई सहयोग

अमेरिका मदनपोखरा समाजले तानसेन ९ निवासी मृगौला रोगी रूपेश सापकोटालाई करिव दुई लाख रूपैयाँ सहयोग गरेको छ ।

अमेरिकामा पेशा व्यवसाय र रोजगारी गर्ने मदनपोखराका नेपालीहरूले सहयोग संकलन गरी पठाएको एकमुष्ट १ लाख ९६ हजार ३ सय ६५ रूपैयाँ तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले आज घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै वडाअध्यक्ष अर्यालले बिरामीको उपचारमा मात्र यो रकम खर्च गरी पूर्ण रूपले स्वास्थ्य लाभको कामना गर्नुभयो । तानसेन ९ रसगाग्री निवासी २४ वर्षिय सापकोटाका दुबै मृगौलामा समस्या देखिएको छ । सापकोटा क्रिकेट खेलाडीसमेत हुन् ।

मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको सूचना थाहा पाएपछि अमेरिकामा बस्ने मदनपोखराबासीले सहयोग संकलन गरी पठाएकाे खेमराज पाण्डेले बताउनुभयो । तन अमेरिकामा भए पनि मन नेपालमा रहने र गाउँका दु:ख सुखमा सम्झना भइरहँदो रहेछ । त्यसैले चन्दा संकलन गरेर पठाएका हौं, पाण्डेले भन्नुभयो । रसगाग्री टोल विकास संस्थाका अध्यक्ष नारायण भट्टराईले विदेशबाट सहयोग पठाउनेहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय