एमालेको अधिवेशन प्रतिनिधि बन्न चिदिपानीमा चुनाव

पाल्पा । यही जेष्ठ ११ र १२ गते नेकपा एमाले पाल्पाको जिल्ला अधिवेशन तानसेननमा हुँदैछ । अधिवेशनका लागि जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट भएको छ ।

पाल्पाका ८१ वटा वडा मध्ये माथागढी गाउँपालिका वडा नं. १ चिदिपानीमा निर्वाचन भएको छ । नेकपा एमालेको अधिवेशन प्रतिनिधि बन्न चिदीपानीका ३ जना एमाले नेताहरुबिच निर्वाचन भएको हो । सर्वसम्मत सहमती हुन नसकेपछि नेकपा एमाले माथागढी गाउँपालिका वडा नं. १ चिदिपानीले निर्वाचन गर्ने घोषणा गरेको थियो ।

प्रतिनिधि छनौटको निर्वाचनमा एमाले नेताहरु पुर्ण बहादुर सारु, राजकुमार पन्थी र गोपिकृष्ण आचार्य उम्मेदवार हुनुभएको थियो । ४८ जना पार्टी सदस्यहरु रहेको यस वडामा ५ जना दलित पार्टी सदस्यहरुले गाउँपालिकाभरमा एकमुष्ठ प्रतिनिधि छनौट गर्ने नियम थियो । बाँकी ४३ जना पार्टी सदस्यहरु मध्ये उपस्थित २९ जना पार्टी सदस्यले निर्वाचनमा मत हालेका थिए ।

जम्मा २ जना प्रतिनिधि पाएको चिदिपानी वडाले महिलामा तुल्सा न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो । पुरुषतर्फ ३ जनाको उम्मेदवारी परेपछि भएको निर्वाचनमा पुर्ण बहादुर सारुले २० मत ल्याएर अधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । जसमा राजकुमार पन्थीले ५ र गोपिकृष्ण आचार्यले ३ मत ल्याउनुभएको छ । १ मत बदर बदर भएको वडा कमिटि अध्यक्ष कमल गाहाले बताउनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जिल्लाका सबै वडाको प्रतिनिधि चयन सम्पन्न भएको र नतिजा आउने क्रम जारी रहेको बताउनुभयो । अध्यक्ष घिमिरेले जिल्लाको एक मात्र वडा चिदिपानीमा प्रतिनिधि चयनका लागि निर्वाचन उत्त्साहजनक रुपमा भएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय