माथागढीको चारघरेमा माटो परिक्षण, बाली र पशु उपचार शिविर

पाल्पा । माथागढी गाउँपालिका वडा नं ६ चारघरेमा माटो परिक्षण, बाली र पशु उपचार शिविर सञ्चालन भएको छ ।

माथागढी गाउँपालिका कृषि शाखा र पशु शाखाको संयुक्त आयोजनामा २ दिने माटो परिक्षण, बाली उपचार तथा पशु उपचार शिविर सम्पन्न भएको हो । किसानहरुको सेवाको लागि गाउँपालिकाको कृषि प्राविधिक सहितको टोलीले चारघरेमा शिविरमा सेवा दिएको हो ।

शिविरमा चारघरे, सिम्ले, अर्घले, कुम्भी र टोक्लोग्दीका कृषकहरुले सेवा लिएका गाउँपालिका कृषि शाखा प्रमुख गौतम थापाले जानकारी दिनुभयो । ७३ जना कृषि तथा पशुपालक कृषकहरुले बाली उपचार तथा पशुपन्छी सम्बन्धी उपचार र प्राबिधिक सल्लाह लिनुभएको प्रमुख थापाले जानकारी दिनुभयो । त्यस्तै १७ जना कृषकहरुले माटोको नमुना परिक्षण समेत गरेका छन् ।

शिविरमा गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले किसानहरुलाई घरदैलोमै सेवा दिनको लागि गाउँपालिकाले शिविर सञ्चालन गरेको बताउनुभयो । उपाध्यक्ष लुङ्चेले गाउँपालिकाले कृषि क्षेत्र र किसानको लागि गाउँपालिकाले योजना बनाएर विउविजन वितरण, प्रविधि र अन्य सामग्रीमा सहयोग गरेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय