पाल्पामा ब्लड बैंक स्थापनार्थ चापागाईको एक लाख सहयोग

पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ रामपुर नगरपालिका वार्ड नं. १० स्थायी घर भै हाल अमेरिकामा रहनुभएका सतीश चापागाईले १ लाख रुपैया सहयोग गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा ब्लड बैंक स्थापनाको लागि बिशेष अभियान संचालन गरिरहेको छ । यहि अभियानमा देश विदेशमा रहेका पाल्पाली र अन्य जिल्लाका नेपालीहरु यस महान कार्यमा जुटिरहनु भएको छ । १ लाख रुपैंया आर्थिक सहयोग गरेका चापागाई नेपाल रेडक्रस सोसाईटी पाल्पाको यशस्कर सदस्य हुनुहुनेछ र ब्लड बैंकको संस्थापक सदस्य पनि हुनुहुनेछ । चापागाईसंगै धेरै जनाले यो अभियानमा हातेमालो गर्नुभएको छ र यो अभियानमा जोडिने क्रम जारी छ ।

रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर आर्थिक सहयोग गर्नेहरुलाई आजीवन, विशिष्ट र यशस्कर सदस्यता प्रदान गर्ने पनि निर्णय गरिसकेको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरलाई कर्मथलो बनाउदै आउनुभएका चापागाईले पाल्पामा १२ बर्ष पत्रकारिता गर्नुभएको थियो । चापागाई अहिले पनि नेप्लिज डायस्पोरा डटकम नामक अनलाईन मार्फत पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय