पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापतिद्धय गोविन्द भट्टराई र झपेन्द्र गहिरे प्रेस स्वतन्त्रता सेनानी बाट सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन तथा प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ पाल्पा शाखाका पूर्व सभापतिहरू गोविन्द भट्टराई र झपेन्द्र गहिरे सम्मानित हुनुभएको हो । प्रेस स्वतन्त्रता सेनानीमा रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गर्नुभएको हो ।
भट्टराई र गहिरे लामो समयदेखि पाल्पाली पत्रकारिता क्षेत्रमा काम गरेका पत्रकारहरु हुनुहुन्छ । भट्टराई नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिका र गहिरे पाल्पा टाईम्स साप्ताहिक पत्रिकामा आवद्ध हुनुहुन्छ ।