खानेपानी महशुल घटाउन एमालेको ध्यानाकर्षण

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीले खानेपानी महशुल नघटाएकोमा तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयले नेपाल सरकारले लिफ्ट्ङि खानेपानी उपभोक्ता समितिको विद्युत महशुलमा २०८० फागुन महिनादेखि पचास प्रतिशतले सहुलियत दिएपनि तानसेन खानेपानी उपभोक्ता समितिले महशुल समायोजन नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । अध्यक्ष आत्रेयले उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउर्दै नेकपा (एमाले) तानसेन नगर कमिटी तानसेनबासीलाई सुपथ मूल्यमा नियमित र प्रयाप्त खानेपानीको व्यवस्थाको निम्ति लागिरहेको समेत बताउनुभयो ।

आम उपभोक्ताले हाल तिरिरहेको खानेपानी महशुलमा सरकारले दिएको सहुलियत अनुसार पचास प्रतिशत खानेपानी महशुल छुट दिन एमाले तानसेन नगरममिटीले अनुरोध गरेको छ । नेपालकै महंगो खानेपानी मध्येको एक तानसेन खानेपानीले आमउपभोक्ताको दैनिक जीवनसंग जोडिएको विषयमा सहुलीयत लिने तर नागरिकले प्राप्त गर्ने अवस्था नरहेकोले तत्काल खानेपानी महशुलमा सहुलीयत प्रदान गर्न अध्यक्ष आत्रेयले आग्रह गर्नुभयो ।

ध्यानाकर्षष पत्र बुझ्दै उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले उपभोक्ताको सहुलियतलाई लिएर चिन्ता व्यक्त गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महशुल समायोजनका लागि तयारी भएपनि खानेपानी सप्लाई र मर्मतमा धेरै समय खर्च गर्नुपरेकोले ढिला भएको बताउनुभयो । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी वैज्ञानिक महशुल तय गरिने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण पत्र बुझाउन अध्यक्ष आत्रेयको नेतृत्वमा एमाले जिल्ला उपसचिव दीपक विश्वकर्मासहतिको टोली समितिको कार्यालयमा पुगेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय