माथागढीमा आगो निभाउन ट्याङ्कर परिचालन

पाल्पा । माथागढी गाउँपालिकाले आगो निभाउन ट्याङ्कर परिचालन गरेको छ । गाउँपालिकाले आगो निभाउन धुलो कम गर्न पानि छर्कने ट्याङ्करको परिचालन गरेको हो ।

माथागढी गाउँपालिकाको विभिन्न क्षेत्रमा भईरहेको आगलागी नियन्त्रण गर्न ४ वटा पानी बोकेको ट्याङ्कर परिचालन गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो । जिल्लामा एउटा मात्र दमकल भएको र सबै ठाउँमा पुग्न समस्या हुने भएकाले विकल्पको रुपमा ट्याङ्करलाई प्रयोग गरिएको अध्यक्ष चिदीले बताउनुभयो । अध्यक्ष चिदीले भेग मिलाएर विभिन्न स्थानीय तहको सहकार्यमा दमकल किन्ने सोंच बनाएको र त्यसका लागि छलफल भईरहेको बताउनुभयो ।

जिल्लामा एउटा मात्र तानसेन नगरपालिकाको दमकल रहेको छ । जिल्ला भरि लागेका ठुलो प्रकृतिको र मानविय जोखिम भएको क्षेत्रमा दमकललाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । सबै पालिका र सरोकारवालाहरुले विकल्पको साधन प्रयोग गरेर विपत्तिमा सकेसम्म कम क्षती हुने वातावरण बनाउनुपर्ने अध्यक्ष चिदीको भनाई छ ।

गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडा झडेवाका वडाध्यक्ष शंकर दर्लामीले खानी क्षेत्रबाट सञ्चालित पानी छर्कने ट्याङ्करलाई गाउँपालिका अध्यक्षले सहजिकरण गरेर आगो निभाउन प्रयोग गरिएको बताउनुभयो । प्रवक्ता दर्लामीले आगामी दिनमा पनि विपत्तिको बेला ट्याङ्कर प्रयोग गर्ने वातावरण मिलाईएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय