दोश्रो रिब्दीकोट अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजनामा दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिता रिब्दीकोट  ७ डवका स्थित बडाखोर खेलमैदानमा  सुरु भएको छ ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित सुरु भएको खेलको लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्ती मगरले उद्दघाटन गर्नुभएको छ। खेलको उद्घाटन गदै सभामुख घर्तीले तीन तहकै सरकारले खेलकुदको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका बताउदै खेलकुदको क्षेत्रमा स्थानीय सरकारले विनियोजन गरे पनि प्रदेश र संघको खासै चासो नभएको बताउनुभयो । सभामुख घर्तीले खेलकुदले युवालाई बौद्धिक, शारीरिक, मानसिक, शारीरिक विकासका साथै गलत कार्यबाट जोगाउन सकिने समेत बताउनु भयो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले प्रदेशबाट पालिकास्तरीय खेलमैदानका लागि पर्याप्त बजेट नपाएको बताउनुभयो । उहाँले सबैको सहयोगबाट पालुङमैनादीको डबकामा खेलमैदान बनेको तर प्रदेश सरकारको अलग्गै कार्यक्रमबाट बनाइएको र युवा, महिला सम्पूर्णमा खेलकुद र खेलमैदानप्रति सबैको चासो हुन जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, वडा ७ का वडाध्यक्ष दानबहादुर कुँवर, युवा तथा खेलकुद विकास समिति रिब्दीकोटका अध्यक्ष झपिन्द्र पचभैया लगायतले रिब्दीकोटको पहिचान भलिबल खेल भएको र खेलकुदको माध्यमबाट युवालाई क्रियाशील बनाउन खोजिएको बताउदै नवनिर्मित खेलमैदानमा प्रतियोगिता आयोजना गर्दा यसको प्रचारप्रसारका लागि पनि सहयोग पुग्ने धाराण राख्नु भयो ।


अध्यक्ष कप प्रतियोगितामा महिला तथा पुरुषतर्फ ८ वटै वडाबाट टिमको सहभागिता रहेको छ । सोमबारसम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् । यस्तै महिलातर्फ पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगदका साथै ट्रफी, प्रमाणपत्र र मेडल पाउने युवा तथा खेलकुद विकास समितिका अध्यक्ष पचभैयाले बताए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा खेल संग सरोकार राख्ने ब्याक्तीहरुको  उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय