धवल पुरस्कारबाट शर्मा र ढकाल पुरस्कृत

पाल्पा । धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार दुई जना साहित्यिक व्यक्तिहरूलाई प्रदान गरिएको छ ।

नेपाली हाँस्यव्यङ्ग विधाका वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा र संस्कृत तथा नेपाली वाङ्मयका विराट व्यक्तित्व प्रा. डा. वेणीमाधव ढकाललाई २०७९ सालको धवल पुरस्कार अर्पण गरिएको हो । शर्मालाई सगरमाथा एक पहाडको नाम होइन कृतिका लागि र ढकाललाई दीर्घ साधनाका निम्ति पुरस्कार अर्पण गरिएको धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले बताउनुभयो । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उहाँहरूकै गृह परिसरमा गई पुरस्कार अर्पण गरिएको छ ।

धवल सिर्जना पुरस्कार २०७९ बाट साहित्यकार चोलेश्वर शर्मा पुरस्कृत हुनुभएको हो । लामो समयदेखि हास्यव्यंग्य निवन्ध क्षेत्रमा कलम चलाउनुभएका शर्मा पुरस्कृत हुनुभएको हो । शर्माद्धारा लिखित ‘सगरमाथा एक पहाडको नाम होईन’ व्यंग्य निवन्ध संग्रहलाई धवल सिर्जना पुरस्कार २०७९ प्रदान गरिएको हो । शर्मालाई नगद २५ हजार रुपैंया, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । वि.सं. १९८३ स्थापीत धवल पुस्तकालयले विभिन्न पुरस्कारहरु वितरण गर्दै आईरहेको छ ।

धवल पुरस्कार अर्पण समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य वीर बहादुर रानाले राजनीति भित्र रहेका राजनैतिक समस्य, समाजमा रहेका सामाजिक समस्यालाई घचघच्याउने काम साहित्यले गरिरहेको बताउनुभयो । रानाले धवल पुस्तकालयले शर्माले साहित्यका क्षेत्रमा पुर्याएको योगदानको सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । राजनीति भित्रको विकृतिलाई खह्रो तरिकाले साहित्यमार्फत प्रस्तुती गर्दा समाधान हुने प्रदेश सांसद रानाले बताउनुभयो ।

त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख तथा पुरस्कार सिफारिस समितिका सदस्य टंक भट्टराईले धवल पुस्तकालयले केहि वर्षदेखि साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै आईरहेको बताउनुभयो । पाल्पालाई केन्द्रविन्दु राखेर साहित्यको क्षेत्रमा काम गरेका व्यक्तित्वलाई पुरस्कृत गरेको र पुरस्कृत व्यक्तित्वले पुरस्कारको नै गरिमा बढाएको पुस्तकालयका महासचिव राजेश कुमार अर्यालले बताउनुभयो ।

पुस्तकालयका अध्यक्ष यूवराज पौड्यालले साहित्यमा कलम चलाउने सादगीहरुलाई उजागर गर्ने र सम्मान गर्ने तथा धवल पुस्तकालयलाई राष्ट्रिय रुपमा चिनाउने काम गर्ने प्रयास गरेको बताउनुभयो ।
प्रा. डा. वेणीमाधव ढकाललाइ दिर्घसाधनाका लागि पुरस्कृत गरिएको हो । उहाँका श्रीमद्भागवत, गणेश पुराण, शिव पुराण, निर्णय सिन्धु जस्ता पौराणिक ग्रन्थको नेपाली अनुवाद, काव्यदेखि महाकाव्यसम्मको लेखन र अनुसन्धानात्मक कृति प्रकाशित छन् । ढकाल प्राध्यापन क्षेत्रका साथै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भएर दुई कार्यकाल नेतृत्वसमेत गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय