![धेरै राजश्व उठाउनेमा माथागढीको ३ नं. वडा कसेनी](https://madiviewnews.com/wp-content/uploads/2024/04/742c11d7-4e08-467d-97bb-eed4cc6db252-1290x747.jpg)
पाल्पा । माथागढी गाउँपालिकामा सबैभन्दा धेरै राजश्व ३ नं. वडा कार्यालय कसेनीले संकलन गरेको छ । गाउँपालिकाका ८ वटा वडा मध्ये ३ नं. वडा कार्यालय कसेनीले सबैभन्दा धेरै राजश्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको फागुन १५ गते सम्ममा ३ नं. वडा कार्यालय कसेनीले १६ लाख १० हजार ५ सय १४ रुपैंया राजश्व संकलन गरेको छ । ३ नं. वडा कसेनीका वडाध्यक्ष तेज घर्तीमगरले वडाका विभिन्न सेवा, गतिविधि र श्रोत उपयोग वापत राजश्व संकलन गरिएको बताउनुभयो । वडाध्यक्ष घर्तीमगरले चालु आर्थिक वर्षको अन्त्य सम्ममा अझ थप राजश्व संकलन हुने बताउनुभयो ।
त्यस्तै ४ नं. वडा कार्यालय झडेवाले ११ लाख २३ हजार ५ सय ९१ रुपैंया संकलन गरेको छ । २ नं. वडा कार्यालय रुप्सेले ४ लाख ९४ हजार ८ सय ४१ रुपैंया, ५ नं. वडा कार्यालय हात्तिलुङले ४ लाख ७३ हजार ५ सय २३ रुपैंया राजश्व संकलन गरेको छ ।
त्यस्तै १ नं. वडा कार्यालय चिदीपानीले ३ लाख ९९ हजार ४ सय ६९ रुपैंया, ८ नं. वडा कार्यालय बहादुरपुरले २ लाख ३९ हजार २ सय २५, ७ नं. वडा कार्यालय रहबासले १ लाख ८६ हजार ३ सय ४५ र ६ नं. वडा कार्यालय गोठादीले १ लाख ५५ हजार ८ सय ९० रुपैंया राजश्व संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
गाउँपालिकाको कार्यालय झडेवाले ५५ लाख १ हजार ९ सय १० रुपैंया राजश्व संकलन गरेको छ । गाउँपालिकाले १ करोड ६८ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । गाउँपालिकाले अहिले सम्म १ करोड १ लाख ८५ हजार ३ सय १० रुपैंया राजश्व संकलन गरिसकेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । चिदीले करको दर नबढाई करको दायरा बढाएर राजश्व संकलन अभियानमा गाउँपालिका लागिपरेको बताउनुभयो ।