खसीबोका र दुधको प्रतिफलमा आधारित अनुदान वितरण

पाल्पा । पाल्पाका सहकारी तथा कृषकहरुले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । पाल्पाका २५ सहकारी संस्था तथा कृषकहरुले ९४ लाख बढी प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम प्राप्त गरेका हुन् ।

लुम्बिनी प्रदेशको कृषि भूमि व्यवस्था मन्त्रालय अन्तरगत पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम मार्फत सहकारी तथा कृषकहरुले ९४ लाख ४० हजार ८ सय ४० रुपैंया ५० पैसा अनुदान प्राप्त गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले दुध उत्पादनमा कृषकलाई प्रतिलिटर २ रुपैंया र खसी बोका विक्रिमा प्रतिकिलो २५ रुपैंया अनुदान दिने घोषणा गरेको थियो ।

पाल्पाका ९ वटा दुध उत्पादक सहकारी र कृषकले प्रतिलिटर २ रुपैंयाका दरले ८ लाख १ हजार ४ सय ७१.५ लिटरको १६ लाख २ हजार ९ सय ४३ रुपैंया अनुदान प्राप्त गरेका छन् । त्यस्तै १६ वटा सहकारीले ३ लाख १३ हजार ५ सय १५.९ किलो खसी बोका विक्रि गरि ७८ लाख ३७ हजार ८ सय ९७.५ रुपैंया अनुदान प्राप्त गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाका प्रमुखले जानकारी दिनुभयो ।

पाल्पाको लुहुङ्ग दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १ लाख २ हजार ९ सय ९८, चिनारी दुग्ध उत्पादक सहकारीले १ लाख २९ हजार ६८, नवयूग कृषि सहकारीले ४५ हजार २ सय ७६, डुम्रे दुग्ध कृषि सहकारीले ३ लाख १३ हजार ८ सय ६०, अमृत दुग्ध भण्डारले ५ लाख ५३ हजार ९ सय, सानो दुग्ध उद्योगले ७६ हजार ९ सय ७९, यमुना गोरस घरले ५६ हजार ७ सय ७८, रामपुर कटेज डेरीले २ लाख ६० हजार २ सय ६८ र लगनशिल सहकारीले ६३ हजार ८ सय १६ रुपैंया अनुदान प्राप्त गरेका छन् ।

त्यस्तै गल्धासामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले १२ लाख ३ हजार ५ सय ५०, दियालो सहकारीले ४ लाख २४ हजार ८ सय २५, दुर्गादेवी सहकारीले २ लाख ८१ हजार ४ सय, अर्बासे कृषि सहकारीले ३ लाख ५४ हजार ९ सय ८५, उपहार सहकारीले ९ लाख ३१ हजार १ सय ७५, मनकामना सहकारीले ६ लाख ४९ हजार ५ सय ७५, जलदेवी सहकारीले ५ लाख ४२ हजार ९ सय ७५ र लगनशिल सहकारीले ६२ हजार ६ सय २५ रुपैंया अनुदान प्राप्त गरेका छन् ।

त्यस्तै पिपलडाँडा सहकारीले २ लाख ५८ हजार २ सय ५०, ईन्द्रेणी सहकारीले २ लाख ६३ हजार ७ सय, बौघापोखराथोक सहकारीले ६ लाख १६ हजार ५०, शुभ सन्देश महिला सहकारीले २ लाख ३८ हजार २ सय ७५, स्वाबलम्बन सहकारीले ४ लाख ३३ हजार ३ सय ३७.५, खानीछाप सहकारीले ४ लाख ५ हजार ८ सय २५, कोकलदेवी सहकारीले १ लाख ५७ हजार ६ सय २५ र मिलनसार सहकारीले १० लाख १३ हजार ७ सय २५ रुपैंया अनुदान पाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय