तानसेनमा महावीरको किताब किन्दै फोटो खिच्नेको भिड

पाल्पा । तानसेनमा महावीर पुनको किताब किन्दै फोटो खिच्नेको भिड लागेको छ । पुनको आत्मकथाको किताव बेच्ने अभियान अन्तरगत आज तानसेनमा हुने किताब किन्दै फोटो खिच्नेको भिड लागेको हो ।

राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनको लागि पुनले किताव विक्रि अभियान सञ्चालन गरेर देशव्यापी यात्रा गरिरहनुभएको छ । पुनले हिँजो पाल्पाको रामपुरका विभिन्न स्थानमा किताब विक्रि गर्नुभएको थियो । रामपुरको किसानबारी, सहिद बहुमुखी क्याम्पस, विजयपुर बजार, हस्पिटल चोक, विभिन्न सरकारी कार्यालयहरु र बेझाड बजार चोकमा किताव विक्रि गरिएको थियो ।

त्यस्तै आज हुँगी असेर्दी, राम्दी, रम्भा गाउँपालिका, हुमिन, आर्यभञ्ज्याङ्ग, बगनासकाली गाउँपालिका र तानसेन बजारमा किताब विक्रि गरिएको पुनले जानकारी दिनुभयो । पुनको अभियान मार्फत उल्लेख्य मात्रामा किताब विक्रि भईरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय