पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको टोली अध्ययन भ्रमणका लागि पोखरा पुगेको छ । महासंघको केन्द्रिय स्थापना दिवसका अवसरमा टोली अध्ययन भ्रमणका लागि पोखरा पुगेको हो ।
महासंघको टोली पाल्पाको रानीघाट दरबार, रुरुक्षेत्र, बाग्लुङ, कुस्मा हुँदै पोखरा पुगेको हो । टोलीले केन्द्रिय स्थापनाको अवसरमा तानसेन टुँडीखेल क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै यात्रा प्रारम्भ गरेको हो । टोलीलाई शुभकामना दिँदै प्रतिनिधिसभा सदस्यहरु ठाकुर प्रसाद गैरे, नारायण प्रसाद आचार्य, पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे, गोविन्द भट्टराई, पाल्पा शाखा अध्यक्ष रेखिराम राना लगाएतले पाल्पाली पत्रकारिता क्षेत्रले पाल्पाको विकासमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो ।
टोलिले निर्माणधिन कालीगण्डकी करिडोर, बाग्लुङ कालिका मन्दिर, कुस्माको पर्यटकिय क्षेत्रको अध्ययन अवलोकन गरेको छ । टोलीले पोखरामा रहेका पाल्पालीहरुको समुहसंग अनुभव आदानप्रदान तथा पाल्पाको पर्यटन विकासका बारेमा छलफल समेत गरेका छन् । टोलीमा सहभागी पाल्पा शाखाका पुर्व अध्यक्ष भगवान भण्डारीले पोखरामा आएका पर्यटकहरुलाई पाल्पा घुम्न जाने वातावरण तयार पार्न पोखरामा रहेका पाल्पाली व्यक्तित्वहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
टोलीले आज पोखरामै पुर्नताजगी तालिम लिने कार्यक्रम रहेको पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ती तिमिल्सेनाले जानकारी दिनुभयो । तालिममा पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले सहजिकरण गर्ने महासंघले जनाएको छ । पुर्नताजगी तालिम तथा अध्ययन अवलोकन भ्रमणका लागि तानसेन नगरपालिकाले सहयोग गरेको छ । पर्यटकिय क्षेत्रको विकासका लागि पत्रकारहरुले खेल्नुपर्ने भूमिकाका विषयमा अध्ययन भ्रमणमार्फत सिकाई हुने भ्रमण व्यवस्थापन टोलीका कृष्ण कार्कीले बताउनुभयो । नयाँ ठाउँको भ्रमण र अवलोकन मार्फत पत्रकारहरुले पर्यटन क्षेत्रमा कलम चलाउन तालिम र भ्रमण उपयोगी हुने कार्कीले बताउनुभयो ।
भ्रमण आईतबार सम्पन्न हुने पत्रकार महासंघ पाल्पाले जनाएको छ ।