माथागढीको चिदिपानीमा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्वास्थ्य शिविर

माथागढी गाउँपालिकाको आयोजनामा १ नं. वडा कार्यालय चिदीपानी स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जम्मा १४१ जना सेवाग्राही मध्ये १२६ जनाको पाठेघरको मुखको क्यान्सरको परिक्षण, ५७ जनामा STI, ४ जनाको आङ खस्ने समस्याको ब्यवस्थापन, ७ जनाले implant सेवा,१ जनाले IUCD सेवा लिनुभएको छ ।

माथागढी वडा नं. का वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता,प्रमुख अतिथी गा.पा. अध्यक्ष यम बहादुर चिदी, बिशिस्ट अतिथि गा.पा.उपाध्यक्ष बिष्णुमाया लुङचे,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, का.पा.सदस्य तुल्सा न्यौपाने, वडा सदस्य लिला बि.क., ने.प.नि.संघ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, मेडिकल अधिकृत डा. राकेसलाल बज्राचार्य सहितको उपस्थितीमा छोटो औपचारिक कार्यक्रम सहित शुरु भएको शिविरमा डा. राकेसलाल बज्राचार्यको टिमले सेवा प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गा.पा. अध्यक्ष चिदीले नागरिकको स्वास्थ्यलाई गा.पा.ले उच्च प्राथमिकता राख्दै आएको र नागरिक स्वस्थ रहे सुखी र समृद्ध समाज निर्माण गर्न सहज हुने बताउनु भयो । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत सम्पुर्णमा गाउॅपालिकासे धन्यवाद तथा आभार ब्यक्त गरेकोछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय